परिचय

प्रविधि हस्तान्तरणको सशक्त माध्यमको रुपमा रहेको तालिम क्रियाकलापलाई संगठित गर्ने, तत्कालिन कृषि विभाग अन्तर्गतका विभिन्न निकायहरुले सन्चालन गर्ने सेवाकालिन र अगुवा कृषक तालिमहरुको गुणस्त अभिवृधि गर्ने र तालिम कार्यक्रम सन्चालनमा हुन सक्ने दोहोरोपना हटाउने मूल उदेश्य सहित नेपाल सरकारको मिति २०४४ मार्ग २४ गतेको निर्णयबाट तत्कालिन कृषि तालिम तथा प्रचार शाखाबाट अलग्याई केन्द्रीय कृषि तालिम केन्द्र र पाँचै विकास क्षेत्रका तराई र पहाडमा एक एक वटा गरी १० वटा  क्षेत्रीय कृषि तालिम केन्द्रहरुको स्थापना गरियो । आ. व. २०४६/४७ मा पूर्वान्चल, मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलका पहादी भेगका क्षेत्रीय कृषि तालिम केन्द्रहरुलाई सोहि क्षेत्रका तराईमा अवस्थित तालिम केन्द्रहरुमा गाभियो । कृषि मन्त्रालयको सांगठनिक संरचनामा गरिएको परिवर्तन अनुरुप २०४९ श्रावण १ गते देखि पाँच वटा क्षेत्रिय कृषि तालिम केन्द्रहरु कायम गरि तत्कालिन पशु सेवा विभाग अन्तर्गतको केन्द्रिय तालिम तथा प्रसार केन्द्र, क्षेत्रिय कृषि तालिम केन्द्र, जनकपुर र नेपालगंजलाई क्रमश: केन्द्रीय कृषि तालिम केन्द्र, क्षेत्रिय कृषि तालिम केन्द्र परवानीपुर र क्षेत्रिय कृषि तालिम केन्द्र नेपालगंज कायम गरियो । आ. व. २०५१/५२ देखि क्षेत्रिय कृषि तालिम केन्द्र परवानीपुरलाई नक्टाझिज, धनुषामा स्थानान्तरण गरियो । आ. व. २०५२/५३ मा तत्कालिन कृषि विकास विभागको सांगठनिक संरचनामा परिवर्तन भई कृषि विभाग र पशु सेवा विभाग गठन गरियो । सोहि बमोजिम कृषि विभाग र पशु सेवा विभाग अन्तर्गत कृषि तालिम छुट्टाछुटै तालिम इकाईहरुको व्यवस्था गरिएको छ । यसरी हाल कृषि विभाग अन्तर्गत कृषि तालिम निर्देशनालय हरिहरभवन र झुम्का, नक्टाझिज, खजुरा, लुम्ले, सुन्दरपुर गरि पाँच वटा क्षेत्रिय कृषि तालिम केन्द्र रहेका छन् । पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत खैरेनीटार र भैरहवामा गरी २ वटा क्षेत्रिय कृषि तालिम केन्द्र रहेकोमा नेपाल सरकारको निर्णय बमोजिम आ. व. २०६०/६१ मा क्षेत्रिय कृषि तालिम केन्द्र, भैरहवालाई सुन्दरपुर, कन्चनपुरमा हस्तान्तरनमा गरिएको थियो । नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०६० मङ्सिर ४ गतेको निर्णय अनुसार तत्कालिन कृषि तथा सहकारी मन्त्रालयको सांगठनिक स्वरुपमा परिवर्तन भयो । सोहि क्रममा केहि अधिकृतहरुका दरवन्दी समेत थपेर केन्द्रिय कृषि तालिम केन्द्रको नाम परिवर्तन गरि कृषि तालिम निर्देशनालाय राखिएको छ भने क्षेत्रिय कृषि तालिम केन्द्रहरुमा पनि केहि दरबन्दीहरुमा पनि केहि दरबन्दीहरु थपघट भए पनि कार्यालयको नाम भने यथावत कायमै राखिएको छ ।